३३ तोला सुनका गहनासहित नगद चोरी
चितवन। पूर्वी चितवनको रत्ननगरमा ३३ तोला ५० लाल सुनसहित नगद चोरी भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १२ निबासी गोपाल ओझाको घरबाट सुनका गहना र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार आज दिउँसो १२ः४५ बजे गहना र नगद रु दुई लाख ५० हजार चोरी भएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको अनुसन्धान सुरु गरिएको बताए।
प्रतिक्रिया
Facebook Comment