दिल्ली लैजानु पर्ने बिमान जयपुर लगे अनि डयुटी सकियाे भनेर पाइलट हिडेपछि…

डिसी नेपाल
११ असार २०८० ९:२९

नयाँ दिल्ली। डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन्।

लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए। तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडेपछि  जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए।

समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो।

दिल्लीको खराब मौसमका कारण आइतवार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो। जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।

एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो। खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो। डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो। गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो। स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो।

विमानमा सवार भारतीय मुलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए। तर, एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए। उनीहरुले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्वीट गर्दै गुनासो गरेका थिए।

यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो। तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो। पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरबाट दिल्ली पठाउने ब्यवस्था गरेको थियो।

उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थीति तनावग्रस्त बन्न पुगेको थियो। आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए।

यात्रुहरुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *