कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान

डिसी नेपाल
११ असार २०८० १७:२८

विराटनगर। कोशी प्रदेशसभाको बैठक १४ असारका लागि बोलाइएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले १४ असारको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन्।

आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले १४ असारमा प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा १४ असारमा प्रदेशसभा बैठक आह्वान गरिएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका बेला प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिँदैआएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिएपछि प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १७ गतेभित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्छ ।

आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट ल्याउनु पर्ने अन्तिम समयमा सरकारमा सहभागी दुई राजनीतिक दल बाहिरिए पछि सरकार अल्पमतमा परेको थियो । जसलेगर्दा कोशी प्रदेश सरकारले बजेट अधिवेशन अन्त्यगरी अध्यादेशबाट बजेट ल्याएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *