परिवारको सहमतिमै परस्त्रीमा शिल्पाले दिइन् हट सिन
काठमाडौं। अभिनेत्री शिल्पा मास्के यतिबेला चलचित्र ‘परस्त्री’को चुम्बन र बेडसिनको कारण चर्चामा छिन्। यो फिल्म नेपाली र हिन्दीसहित दुई भाषामा निर्माण भएको छ। फिल्मको छायाँकन समेत नेपाली र हिन्दी भाषामा छुट्टा छुट्टै गरिएको हो।
चलचित्र परस्त्रीमा अभिनेत्री शिल्पाले आरजे (रेडियो जकी) को भूमिका निर्वाह गरेकी छिन्। जसमा उनी एक विवाहित पुरुषको नाजायज सम्बन्धमा रहेकी परस्त्रीको भूमिकामा छिन्।
यो चलचित्रमा उनले दिएको चुम्बनको दृष्य आधा सेन्सरले काटेको छ। निकै लामो चुम्बनलाई काटेर छोटो बनाएको छ। तथापि उनको चुम्बनले नेपाली फिल्ममा नयाँ अध्याय ल्याएको एकथरीको भनाई छ।
अभिनेता गौरव बिष्टसँग यी अभिनेत्रीले यो चलचित्रमा चुम्बन र बेडसिन दिएकी छिन्। आफूले यस्ता दृष्य परिवारकै सहमतिमा दिएको यी अभिनेत्रीको कथन छ। चलचित्र परस्त्रीमा बोल्ड सिन दिन सक्छु कि सक्दिन भनेर उनलाई सुरुमा निर्णय लिन निकै गाह्रो भएको थियो। यस्तो भूमिका निर्वाह गर्नेकी नगर्ने भन्ने’ दुविधामा परेकी यि अभिनेत्रीले पछि फिल्मको कथा अनुसारकै चरित्र निर्वाह गरिन्।
उनले परिवारसँग अुनमति समेत माग्नु परेको थियो, ‘फिल्म परस्त्रीको स्कृप्ट हातमा परेपछि त्यो पढेर म केही दिन सोचमा परेँ। यस्तो चरित्र निर्वाह गर्नेकी नगर्ने भन्ने’ मैले परिवारसँग समेत परमार्स लिएँ।’ कलाकारको रुपमा काम गर्नलाई मलाई परिवारबाटै हौसला मिलेपछि बल्ल फिल्म परस्त्रीको बोल्ड क्यारेक्टर निर्वाह गर्न आफु सहमत भएको यी अभिनेत्रीले बताएकी छिन्।
यी अभिनेत्रीले अभिनेतासँग बास्तविक रुपमा चुम्बन (डिप किस)को दृष्य यस अघि चलचित्र ब्रेक अपमा पनि दिएकी थिइन्। सो फिल्ममा शिल्पा र अभिनेता आसिरमान देसराज जोशीको करिब ४० सेकेन्डको चुम्बन दृष्यले निकै चर्चा बटुलेको थियो। त्यतिबेला यी अभिनेत्रीलाई सो दृष्य दिन निकै गाह्रो परेको थियो। त्यो ‘किस सिन’को अुनभव सुनाउँदै उनले भनिन्,‘परिवारसँग सल्लाह गरेपछि मैले किस सिन दिन मनस्थिति त बनाएँ। तर क्यामेरकाको अगाडि त्यतिलामो चुम्बन दृष्य दिन निकै नर्भस भएँ ।’ त्यो चुम्बनको दृष्य कतिबेला सकिन्छ भन्नेतर्फ मात्र आफ्नो दिमाग त्यतिबेला केन्द्रित भएको उनले बताईन्।
यसरी ब्रेक अप चलचित्रमै नायकसँग ओष्ठ चुम्बनको दृष्य आफुले दिएका कारण त्यतिबेला जस्तो गाह्रो अहिले चलचित्र परस्त्रीमा नभएको पनि यी अभिनेत्रीले बताइन्,‘पहिला भन्दा यसपटक मलाई किस सिन दिन सजिलो भयो। बरु मेरो जोडी अभिनेता गौरब भने किस सिन गर्दा निकै नर्भस भएका थिए।’
चलचित्र परस्त्रीमा यी दुईको लामो किस सिन भए पनि ट्रेलरमा छोटो दृष्य मात्र राखिएको पनि यी अभिनेत्रीले खुलाईन् । ट्रेलरमै राखिएको किस सिनले यी अभिनेत्री चर्चामा छिन् ।
उनको भनाईमा अहिले दर्शकबाट सकरात्मक र नकरात्मक दुबै थरीको टिप्पणी आएको छ,‘एक थरी दर्शकले क्यारेक्टलाई सही रुपमा निर्वाह गरेको भनेर प्रसँसा गर्नु भएको छ । अर्कोथरीले यतिसम्म चैं नगरेको भए हुन्थ्यो भनेर कमेन्ट पनि गर्नु भएको छ ।’ ट्रेलर हेरेपछि दर्शकले दिएको प्रतिक्रिया ’ यी अभिनेत्रीले भनिन् ।
चलचित्र परस्त्री यही १५ असार शुक्रबारबाट रिलिज हुँदैछ । यो चलचित्रको बेड सिन र किस सिन सहितको ६ वटा दृष्य काटेपछि बल्ल सेन्सरले पास गरेको छ । सुरज पाण्डे निर्देशित चलचित्रलाई नेपाल र भारतमा सँगै रिलिज गर्ने कुराले अभिनेत्री शिल्पा उत्साहित छिन्। राजधानीबाट
Facebook Comment