संसदमा कृषिमन्त्री भुसालको जवाफ- यसवर्ष रासायनिक मलको अभाव हुँदैन
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यसवर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका हुन् ।
उनका अनुसार देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको छ ।
असारको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल आउने उनको भनाइ छ ।
प्रतिक्रिया
Facebook Comment