मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लागेर कञ्चनपुरमा एकजनाको मृत्यु

डिसी नेपाल
१३ असार २०८० २२:०८

महेन्द्रनगर । करेन्ट लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१, बन्साहका ४४ वर्षीय अमर विष्टको ज्यान गएको छ । घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका विष्टको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । हाल विष्टको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *