यातायात व्यवसायी तथा चालकहरुको प्रदर्शन, यस्ता छन् मागहरु

डिसी नेपाल
१४ असार २०८० १६:४२

काठमाडौं । पेशा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग राख्दै यातायात व्यवसायी तथा चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौंको कलंकी, स्वयम्भु, बालाजु लगाएत चक्रपथ क्षेत्रको सडकमा यातायातका साधनहरु तेर्साएर उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले स्वदेशमा नै काम गर्ने वातावरण बनाउनुपर्ने, बैंकको ऋण तिर्ने म्याद एक वर्ष थप गर्नुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगाएतका माग उनीहरुले राखेका छन् ।

प्रदर्शनमा सहभागीहरुले यातायात क्षेत्रलाई राज्यले महत्व नदिएकै कारण आफुहरु बिभिन्न समस्या झेल्न बाध्य भएको गुनासो गरेका छन् । आफुहरुको माग र मुद्धाका बारेमा पटक पटक राज्यका विभिन्न निकायमा कुरा राख्दा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ । यातायात व्यवसायी तथा चालकहरुको आन्दोलनका कारण सो क्षेत्रको यातायात बिहीबार दिनभर प्रभावित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *