सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको तयारी

डिसी नेपाल
२८ साउन २०७५ १६:०१

काठमाडौँ । सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ।

सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ७ को धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण यसै वर्षबाट शुरु गर्ने उल्लेख छ। रंगशाला निर्माणको थालनी गर्न जग्गा पहिचान भइसकेको जनाएको छ।

यस वर्ष जग्गाको पहिचान गर्ने र अर्को वर्षदेखि निर्माण शुरु गरिने कार्यप्रगतिमा उल्लेख छ। त्यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० तथा सोही स्थानसँग जोडिएको चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९ मा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *