चिनियाँ अर्बपती ज्याक मा सुटुक्क पुगे पाकिस्तान

डिसी नेपाल
१८ असार २०८० ७:४२

लाहोर। चिनियाँ अर्बपति तथा अलिबाबा समूहका सहसंस्थापक ज्याक माले आफ्नो अप्रत्याशित पाकिस्तान भ्रमणले सबैलाई चकित पारिदिएका छन्।

उनी चुपचाप पाकिस्तान पुगेका थिए र दूतावासलाई पनि कुनै जानकारी दिएनन्। मिडिया रिपोर्टका अनुसार बोर्ड अफ इन्भेस्टमेन्ट (बीओआई) का पूर्वअध्यक्ष मुहम्मद अजफर अहसानले भ्रमणको पुष्टि गर्दै ज्याक मा २९ जुनमा लाहोर पुगे र २३ घण्टा बसेको बताए।

ज्याक माले भर्खरै आफ्नो काठमाडौं, नेपाल भ्रमण पूरा गरे। सो क्रममा उनले ठमेल, भक्तपुर दरबार स्क्वायर, कालीमाटी तरकारी बजारलगायतका ठाउँको भ्रमण गरेका थिए।

पूर्वराज्यमन्त्री र लगानी बोर्ड (बीओआई) का अध्यक्ष मुहम्मद अजफर अहसानले ट्वीटमा ज्याक मा व्यक्तिगत भ्रमणमा लाहोरमा भएको खुलासा गर्दै थपे कि चिनियाँ दूतावासलाई पनि उनको पाकिस्तान भ्रमण र घटनाहरूको विवरणबारे जानकारी छैन।

उनीसँगै एक अमेरिकी र पाँच चिनियाँ नागरिकसहित सात जनाको समूह पाकिस्तान आइपुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *