सिरिया द्वन्द्वमा बेपत्ता हजारौंको खोजी गर्न स्वतन्त्र संगठनलाई संयुक्त राष्ट्रसंघद्वारा अनुमोदन

डिसी नेपाल
१८ असार २०८० ११:२१

काठमाडौं । विगत १२ वर्षदेखि जारी सिरियाली द्वन्द्वमा बेपत्ता भएका एक लाखभन्दा बढीको खोजी गर्न संयुक्त राष्ट्रसंघको महासभाले ‘स्वतन्त्र निकाय’ गठन गर्ने निर्णय गरेको छ । संयुक्त राष्ट्र संघको इतिहासमा पहिलो पटक यस्तो संस्था गठन हुन लागेको हो ।

संयुक्त राष्ट्र संघको आधिकारिक समाचार सेवा युएन न्यूजका अनुसार बिहीबार संयुक्त राष्ट्र संघको महासभामा यससम्बन्धी प्रस्तावमाथि मतदान भएको हो ।

८३ देशले यो मतको पक्षमा मतदान गरेका छन् भने ११ देशले विपक्षमा मतदान गरेका छन् । योसँगै ६२ देशले मतदान प्रक्रियाबाट आफूलाई टाढा राखेका छन् ।

सिरियामा सन् २०११ देखि गृहयुद्ध जारी छ सिरियामा सन् २०११ देखि राष्ट्रपति बसर अल-असदको सरकार हटाउन गृहयुद्ध जारी छ।

विद्रोही र पश्चिमका धेरै देशको समर्थनमा लडिरहेका सिरियाली सुरक्षा बलबीचको यो लडाइमा हालसम्म लाखौं मानिस मारिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *