पबजी खेल्दाखेल्दै छोराछोरीसहित नेपाल हुँदै भारत गएर बसेकी पाकिस्तानी महिला पक्राउ

डिसी नेपाल
१९ असार २०८० १५:३०

काठमाडौं । पाकिस्तानकी एक महिलालाई ग्रेटर नोएडामा अवैध रूपमा बसेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीका अनुसार यी महिला गत महिनादेखि आफ्ना चार सन्तानसहित ग्रेटर नोएडामा एक स्थानीय व्यक्तिसँग बस्दै आएकी थिइन् ।

यस घटनामा प्रहरीले भाडामा बस्ने व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । ती महिलाले अनलाइन गेम पबजी खेल्ने क्रममा ती युवकसँग भेट भएको अधिकारीहरूले बताएका छन् ।

ग्रेटर नोएडाका डीसीपी साद मिया खानले समाचार एजेन्सी पीटीआईलाई भने, “पाकिस्तानी महिला र स्थानीय पुरुषलाई हिरासतमा राखिएको छ। महिलासँगै रहेका चार बालबालिका पनि प्रहरीको हिरासतमा छन् ।

एक प्रहरी अधिकारीले ती महिला २० वर्षको उमेरकी रहेको र पबजी खेल्ने क्रममा नोएडाका पुरुषसँग मित्रता गरेको बताए ।

खानले भने, “पाकिस्तानी महिला र पुरुषलाई सोधपुछ भइरहेको छ। जब अनुसन्धान पूरा हुन्छ, त्यसपछि थप जानकारी साझा गर्न सकिन्छ।’

स्थानीय प्रहरीका अनुसार ती महिला नेपाल हुँदै भारत प्रवेश गरेकी र युपीबाट बस चढेर ग्रेटर नोएडा पुगेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *