शोएब अख्तर आफ्नो बायोपिक ‘रावलपिंडी एक्सप्रेस’ लाई लिएर किन यति धेरै रिसाए ?
काठमाडौं । पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तर आफ्नो बायोपिक ‘रावलपिंडी एक्सप्रेस ‘ बनाउनेहरू विरुद्ध असन्तुष्ट देखिएका छन् । शोएब अख्तरले सामाजिक सञ्जालमा आफ्ना वकिलको नोट शेयर गरेका छन् ।
यस नोटमा शोएब अख्तरले मेरो बायोपिक बनाउन अदालतले रोक लगाएको लेखेका छन् ।
शोएब अख्तरले वकिलको नोटलाई उद्धृत गर्दै लेखेका छन्, ‘अदालतले ‘रावलपिंडी एक्सप्रेस’ को सुटिङ वा रिलिजमा प्रतिबन्ध लगाएको छ । यसका साथै अन्तिम निर्णय नभएसम्म यस फिल्मको कुनै पनि अंश मिडिया, सामाजिक सञ्जाल वा सिनेमा हलमा देखाउन रोक लगाइएको छ ।’
शोएब अख्तरले शेयर गरेको नोटमा फिल्मका निर्देशक, निर्माताबाट लगातार धम्की आएको र फिल्मको सुटिङ पनि चलिरहेको दाबी गरिएको छ । यस्तो अवस्थामा शोएब अख्तरले अदालतको ढोका ढकढक्याए ।
उक्त नोटमा फिल्म विवादास्पद भएको र कतै छायांकन भए अदालतको आदेशसँगै प्रहरीले छापा मार्ने चेतावनी दिएको छ ।
जनवरी २०२३ मा, शोएब अख्तरले पहिलो पटक आफ्नो बायोपिकबाट आफूलाई टाढा राख्ने जानकारी सामाजिक सञ्जालमा सेयर गरेका थिए।
शोएब अख्तरले ट्विट गर्दै भनेका छन्, ‘धेरै निराशाका साथ म तपाईंलाई यो जानकारी गराउन चाहन्छु कि धेरै महिनासम्म सोचेपछि मैले रावलपिंडी एक्सप्रेससँग छुट्टिने निर्णय गरेको छु । फिल्मका निर्मातासँगको सम्झौता खारेज गर्दैछु । यो पक्कै पनि एक सपना परियोजना थियो। मैले यसलाई बचाउन धेरै प्रयास गरे तर दुर्भाग्यवश चीजहरू राम्रो भएन।
त्यतिबेला पनि शोएब अख्तरले यो चेतावनी दिएका थिए, “यदि म छुट्टिएपछि पनि फिल्मको सुटिङ जारी रह्यो भने कानुनी कारबाही हुन्छ।”
फिल्महरूको प्रसिद्ध वेबसाइट आईएमडीबीका अनुसार रावलपिंडी एक्सप्रेसका निर्देशक फराज कैसर, शोएब अहमद खान र हसन जाहिद हुन्। फिल्म १६ नोभेम्बर २०२३ मा रिलिज हुने थियो।
Facebook Comment