एससीओ बैठकमा शहबाज शरीफले उठाए धार्मिक अल्पसंख्यकको मुद्दा

डिसी नेपाल
२० असार २०८० १३:२३

काठमाडौं । भारतले आयोजना गरेको सांघाई सहयोग संगठनको भर्चुअल बैठकमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अतिवादको मुद्दा उठाउदै यसको हरेक रुपले निन्दा गर्नुपर्ने बताए ।

उक्त भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य देशका नेताहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो सम्बोधनमा सीमापार आतंकवादको मुद्दा उठाएका थिए।

शाहबाज सरिफले भने, “शाङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरूको यस क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न साझा चासो छ। यो विश्वको जुनसुकै ठाउँमा विकासका लागि आवश्यक शर्त हो।”

उनले आफ्नो सम्बोधनमा कुनै देशको नाम नलिई धार्मिक अल्पसंख्यकको मुद्दा उठाए। शाहबाज शरीफले भने कि धार्मिक अल्पसंख्यकहरूलाई घरेलु राजनीतिको एजेन्डा पूरा गर्न खतराको रूपमा प्रस्तुत गर्नु हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *