विश्वको औसत तापक्रम नयाँ रेकर्डमा पुग्यो
काठमाडौं । विश्वको औसत तापक्रम नयाँ रेकर्डमा पुगेको छ । जुलाई ३ मा पहिलो पटक विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियस पुगेको छ ।
अमेरिकी अनुसन्धानकर्ताहरूले यो सबैभन्दा उच्च तापक्रम भएको बताएका छन्, जुन एक रेकर्ड हो।
वैज्ञानिकहरुले यो गर्मीको कारण एल निनो र वायुमण्डलमा बढ्दो कार्बन डाइअक्साइड रहेको बताएका छन् ।
योसँगै जुन महिना विश्वकै सबैभन्दा तातो महिना रह्यो ।
हालसम्म विश्वको औसत तापक्रम १६.९२ सेल्सियस रहेको र यो तापक्रम सन् २०१६ को अगस्टदेखि रहेको वैज्ञानिकहरुले बताएका छन् ।
तर अहिले यो तापक्रम बढेर १७.०१ सेल्सियस पुगेको छ ।
यस वर्षको सुरुदेखि नै अनुसन्धानकर्ताहरूले जमिन र समुद्रको तापक्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment