स्वीडेनमा कुरान जलाएको घटनाको विरोधमा पाकिस्तानले गर्यो यस्तो घोषणा
काठमाडौं । ईदको अवसरमा स्वीडेनमा कुरान जलाएकोमा इस्लामिक देशहरूले आलोचना गरेका छन् । यसै क्रममा पाकिस्तानमा उक्त घटनाको विरुद्धमा महत्वपूर्ण घोषणा गरिएको छ । पाकिस्तानले जुलाई ७ मा पवित्र कुरान दिवस मनाउने छ।
डन न्युजका अनुसार यो घटनाको उच्च तहबाट भत्र्सना गर्न जुलाइ ६ मा संसदको संयुक्त बैठक बोलाइएको छ । यस घटनाका सम्बन्धमा संसदमा निन्दा प्रस्ताव पनि पेश गरिने छ ।
मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उक्त भेटमा प्रधानमन्त्री शाहबाज सरिफ पनि उपस्थित थिए । बैठकले कुरान जलाएको विषयमा शुक्रबार देशभर प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।
प्रधानमन्त्री शहबाज सरिफले सबै राजनीतिक दलसहित नागरिकलाई यो विरोधमा सहभागी भई एकताको सन्देश दिन अपिल गरेका छन् । शरीफले आफ्नो पार्टी मुस्लिम लिग–नवाजलाई शुक्रबार देशमा यस सम्बन्धमा र्याली गर्न निर्देशन दिएका छन् ।
स्वीडेनमा कुरान जलाएको घटनाको साउदी अरेबिया, इरानलगायत मुस्लिम देशको संस्था आईओसीले निन्दा गरेको छ ।
साउदी अरेबियास्थित संगठनले आफ्ना सदस्य राष्ट्रहरूलाई इस्लामको पवित्र पुस्तक जलाउने देशहरूलाई रोक्न ‘एकजुट र सामूहिक रूपमा त्यस्ता विधिहरू अपनाउन’ आग्रह गरेको छ।
ओआईसीका महासचिव हुसेन इब्राहिम ताहाले कुरान जलाउनु ‘सामान्य इस्लामोफोबियाको घटना मात्र नभएर’ भन्दै विश्वभरका देशहरूलाई ‘धार्मिक घृणाको कार्य नभएको स्पष्ट रूपमा बताउने अन्तर्राष्ट्रिय कानून’ पालना गर्न आग्रह गरेका छन् ।
Facebook Comment