प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्छ : कांग्रेस सांसद राणा

डिसी नेपाल
२० असार २०८० १८:४१

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्सेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन् । उनले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थीरतातर्फ लैजान नहुने उल्लेख गरे । निर्वाचन भएको ८ महिनामा ८ वर्षमा हुने घटनाक्रमहरु भएको र सरकारले काम गर्न नपाएको भन्दै उनले कांग्रेस सत्ता भन्दा पनि स्थीरतातर्फ केन्द्रीत भएको जिकिर गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *