सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
२१ असार २०८० १०:५०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार १ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *