मणिपुरमा फेरि हिंसा, प्रहरी कमाण्डो र विद्यार्थीसहित चार जनाको मृत्यु
काठमाडौं । मणिपुरको मेइती बहुल विष्णुपुर र कुकी जनजाति बहुल चुराचन्दपुर जिल्लामा लगातार हिंसाले ज्यान लिइरहेको छ । यसैबीच, मणिपुर प्रहरी कमान्डो र एक स्कूले विद्यार्थी सहित कम्तीमा चार जनाको शुक्रबार लगातार गोलीबारीमा मृत्यु भएको छ।
विष्णुपुर जिल्लाका एक प्रहरी अधिकारीले उक्त क्षेत्रमा विगत केही दिनदेखि संदिग्ध चरमपन्थीहरूले लगातार गोलीबारी गरिरहेको बताए । जिल्लाका विभिन्न स्थानमा शुक्रबार दिनभर गोली चलेको थियो ।
सो गोलीबारीमा प्रहरी कमाण्डो पुखरामबम रणवीरलाई गोली लागेको थियो, उनको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । चुराचन्दपुरको कङवाईमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मे ३ मा मणिपुरमा हिंसा सुरु भएदेखि कांगवाई क्षेत्र संवेदनशील क्षेत्र बनेको छ ।
राजधानी इम्फालबाट मात्र ३० किलोमिटर टाढा विष्णुपुर जिल्लाको फौगाकचाओ इखाई प्रहरी चौकी अन्तर्गत क्वाक्टामा शुक्रबार संदिग्ध चरमपन्थीहरूले गरेको आक्रमणमा परी एक स्कुले बालकको मृत्यु भएको छ ।
१७ वर्षीय विद्यार्थी मायाङ्गलाम्बम रिकीले यस वर्ष १२ कक्षा पास गरेकी छन् । घटनापछि आक्रोशित स्थानीयले हातमा प्लेकार्ड लिएर मोइराङ बहुउद्देश्यीय उच्च माध्यमिक विद्यालय अगाडि प्रदर्शन गरेका थिए । ती व्यक्तिको प्लेकार्डमा ‘विद्यार्थी मार्ने बन्द गर, हामी शान्ति चाहन्छौं’ लेखिएको थियो ।
मणिपुर पुलिसले दावी गरेको छ कि पुलिस र केन्द्रीय सुरक्षा बलको संयुक्त टोलीले शुक्रबार इम्फाल पूर्व, इम्फाल पश्चिम, चुराचन्दपुर, विष्णुपुर र कक्चिङ जिल्लाहरूमा १८ वटा बंकरहरू नष्ट गरेको छ। जबकि पछिल्लो २४ घण्टामा, सुरक्षा बलहरूले इम्फाल पूर्व जिल्लाबाट पाँच हतियार, ७४ गोला र पाँच एचई ह्यान्ड ग्रेनेडहरू बरामद गरेको छ।
मणिपुरमा यो जातीय हिंसा सुरु भएको दुई महिनाभन्दा बढी भइसकेको छ र अहिलेसम्म यो हिंसामा १४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । जबकि तीन हजारभन्दा बढी घाइते भएका छन् ।
Facebook Comment