रोट्र्याक क्लबका युवा चुरे संरक्षण र हरित अभियानमा

डिसी नेपाल
२३ असार २०८० १७:५९

महोत्तरी। वन विनाश र चुरे दोहनको चपेटामा परेको बर्दिबासमा युवा हरित अभियानमा जुटेका छन् ।

चुरे काक्षमा रहेको बर्दिबासमा वर्षातभरीको समयमा सामुदायिक र सार्वजनिक जंगल क्षेत्रमा रोट्र्याक क्लव बर्दिबासले वृक्षारोपण अभियान चलाएको हो ।

नगरभित्र रहेका सामुदायिक वन र सार्वजनिक क्षेत्रहरुमा वृक्षारोपण गर्ने रोट्र्याक कलवका अध्यक्ष रविन पोखरेलले जानकारी दिए ।

‘यसकालागी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीहरुसंग छलफल भइरहेको छ,’ अध्यक्ष पोखरेलले भने ।

२३ असारदेखि सुरु गरिएको उक्त अभियानको पहिलो दिन कामी डाडा सामुदायिक वन क्षेत्रमा लगभग ४ सय बास र फलफूलका विरुवा रोपिएको रोट्र्याक क्लवले जनाएको छ ।

वनविनासका कारण विभिन्न प्राकृतिक प्रकोप सिर्जना भईरहेको अवस्थामा युवा कलवका सदस्यलाई चलाएको हरित अभियान प्रसंसायोग्य रहेको उधोग वाणिज्य संघ बर्दिबासका अध्यक्ष बिष्णु खडकाले बताए ।

त्यस्तै चुरे तथा नदी प्रणाली संरक्षणका अध्यक्ष निरज अधिकारीले यो जागरुकतामा अन्य युवा कलवहरुको समेत ऐक्यबद्धता रहनुपर्ने धारणा ब्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *