चीन पुगेकी अमेरिकी अर्थमन्त्रीले दुई देशबीचको सम्बन्धबारे दिइन् यस्तो वक्तव्य

डिसी नेपाल
२४ असार २०८० १६:२०

काठमाडौं । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले बेइजिङमा भएको १० घण्टा लामो बैठकपछि विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाबीचको सम्बन्ध सुदृढीकरणतर्फ अघि बढिरहेको बताएकी छिन् ।

जेनेट येलेनले अमेरिका र चीनबीच भिन्नता भए पनि आफूले दुई देशबीचको सम्बन्धलाई द्वन्द्वको दृष्टिकोणबाट नहेर्ने र यो सम्बन्धको बाटो पूर्वनिर्धारित नभएको बताएकी छन् ।

गत महिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि चीनको भ्रमण गरेका थिए। अहिले अर्थमन्त्री यहाँ पुगेर वार्ता गरिरहेकी छिन् ।

अमेरिकामा, राष्ट्रपति जो बाइडेनको प्रशासन उच्च स्तरमा चीनसँग निरन्तर सम्पर्क राख्न चाहन्छ।

पत्रकारहरुसँग कुरा गर्दै जेनेट येलेनले सुरक्षाका विषयमा तनाव बढेको बेला यो आवश्यक पनि भएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *