श्रीलंकाले १५ भारतीय मछुवालाई गिरफ्तार गर्‍यो

डिसी नेपाल
२५ असार २०८० १२:००

काठमाडौं । श्रीलङ्काको जलसेनाले श्रीलंकाको जलक्षेत्रमा माछा मारिरहेका १५ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाको नौसेनाले भनेको छ, “जुलाई ८ मा श्रीलंकाको नौसेना र तटरक्षक गार्डले एक विशेष अपरेशन अन्तर्गत श्रीलंकाको जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका भारतीय मछुवाहरूलाई खेदेको छ।”

जाफनाको डेल्फ्ट आइल्याण्डमा भएको यस अपरेसनमा १५ भारतीय मछुवालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । गत महिना पनि श्रीलंकाली नौसेनाले २२ भारतीय मछुवालाई पक्राउ गरेको थियो । यी मछुवाहरू तमिलनाडुका बासिन्दा हुन्।

श्रीलंकाले यो वर्ष अहिलेसम्म ७४ भारतीय मछुवालाई पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *