अन्टार्कटिकामा समुद्री बरफको स्तर रेकर्ड न्यून स्तरमा पुग्यो

डिसी नेपाल
२७ असार २०८० १२:४२

काठमाडौं । अन्टार्कटिकामा समुन्द्री हिउँको परिमाण रेकर्ड न्यून स्तरमा पुगेको छ । यो औसतभन्दा १७ प्रतिशत कम भएको छ । यस ठाउँको स्याटेलाइटबाट अनुगमन भइरहेको बेलादेखि यो तल्लो तहमा छ ।

विश्व मेट्रोलोजिकल अर्गनाइजेसन (डब्लुएमओ) ले गत जुन महिनामा अन्टार्कटिकामा रेकर्ड गरिएको सबैभन्दा तातो महिनामा यस्तो बताएको थियो। जलवायु परिवर्तनको अनुगमन गर्ने विज्ञहरूले यसलाई चिन्ताको विषय भनेका छन् ।

विश्व जलवायु अनुसन्धान कार्यक्रमका प्रमुख माइकल स्प्यारोले जेनेभामा पत्रकारहरूलाई भने, “हामीले आर्कटिकमा समुद्री बरफमा कमी देखेका छौं, तर यो धेरै ठूलो मात्रामा भएको छ।”

डब्लुएमओका अनुसार मे र जुन महिनामा विश्वभरको समुन्द्री सतहको तापक्रम वर्षकै उच्च स्तरमा पुगेको थियो ।

विश्व मौसम विज्ञान संगठनले भन्यो, “यो केवल समुद्रको सतहको तापक्रम बढ्दै गएको छैन, तर सम्पूर्ण रूपमा समुन्द्र न्यानो हुँदैछ र महासागरहरूले यति धेरै ऊर्जा भण्डारण गरिरहेका छन् कि यो त्यहाँ आउने सयौं वर्षसम्म रहनेछ।”

“एट्लान्टिक महासागरको उत्तरी भागमा अभूतपूर्व बढ्दो समुद्री सतहको तापक्रमले खतराको घण्टी बजाएको छ।”

डब्लुएमओका अनुसार हालै देखा परेको एल निनो ढाँचाले जमिन र समुन्द्र दुवैको तापक्रम बढाउने सम्भावना छ, जसले भविष्यमा थप समुद्री तापको लहर र चरम गर्मीको लहरको जोखिम बढाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *