मोमो खाने प्रतिस्पर्धा आयोजना गर्दा रेष्टुरेन्ट ठूलो समस्यामा फस्यो

डिसी नेपाल
२७ असार २०८० १५:१०

काठमाडौं । सबैभन्दा धेरै मोमो खाने प्रतियोगिता आयोजना गर्ने चीनको एक रेस्टुरेन्ट समस्यामा परेको छ ।

यस प्रतियोगिताका कारण चीनमा खाद्यान्नको बर्बादी रोक्न बनेको कानूनको उल्लंघन भएको मानिन्छ । यो रेस्टुरेन्टमाथि अहिले अनुसन्धान भइरहेको छ।

प्रतियोगितामा सबैभन्दा कम समयमा १०८ वटा मसलाले भरिएको मोमो खाने व्यक्तिले एक पटक नि:शुल्क खाना र ‘ठूलो पेटको राजा’ को उपाधि पाउनेछन् ।

तर यो भाइरल चुनौतीले मानिसहरूलाई ‘भ्रमित’ बनायो। जसका कारण मानिसहरुले धेरै खाना अर्डर गरेपछि खान पाएनन्, जसका कारण खाना खेर गयो ।

सन् २०२१ मा चीनमा खाद्यान्नको बर्बादी रोक्न कानुन ल्याइयो । तर, दुई वर्ष बितिसक्दा पनि यो ऐन कार्यान्वयन गर्न जनताले संघर्ष गरिरहेका छन् ।

चीनमा गरिएको एक सर्वेक्षण अनुसार देशका होटल र रेष्टुरेन्टमा हरेक वर्ष कम्तिमा ३ करोड ४० लाख टन खाना बर्बाद हुने गरेको छ ।

गत वर्ष पनि फुजियान प्रान्तको एउटा रेस्टुरेन्टले आधा घण्टाभित्र ३० किलो बर्गर खाने चुनौती दिएको थियो । यस रेस्टुरेन्टविरुद्ध पनि अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *