भारतमा टमाटरको मूल्य थामिनसक्नु बढेपछि केन्द्र सरकारले सहुलियतमा बेच्ने

डिसी नेपाल
२८ असार २०८० १३:४८

काठमाडौं । टमाटरको मूल्य बढ्दै गएपछि भारतको केन्द्र सरकारले शुक्रबारदेखि खुद्रा बजारमा सहुलियत दरमा बिक्री गर्ने भएको छ । देशका कतिपय ठाउँमा टमाटरको मूल्य प्रतिकिलो २०० रुपैयाँसम्म पुगेको छ ।

यो निर्णयको घोषणा गर्दै उपभोक्ता मामिला मन्त्रालयले दिल्ली-एनसीआर, उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा सहुलियत दरमा टमाटर बिक्री गरिने जनाएको छ। यो पटना, वाराणसी, कानपुर र कोलकाता जस्ता शहरहरूमा पाइनेछ।

उपभोक्ता मामिला सचिव रोहित कुमारले समाचार एजेन्सी पीटीआईलाई भने, “केन्द्र सरकारले सम्बन्धित क्षेत्रमा टमाटरको हालको मूल्य भन्दा धेरै कम मूल्यमा जनतालाई टमाटर दिनेछ। यो मूल्य हालको टमाटरको मूल्य भन्दा कम्तीमा ३० प्रतिशत कम हुनेछ। हाम्रो उद्देश्य उपभोक्ताहरूलाई राहत दिनु हो।”

यसका लागि केन्द्रले उत्पादक राज्य कर्नाटक, महाराष्ट्र र आन्ध्र प्रदेशबाट टमाटर खरिद गर्ने निर्णय गरेको छ ।

रोहित सिंहले भने, “यो पहिलो पटक टमाटर किनेर खुद्रा बजारमा बेच्ने हो। हामीले प्याजका लागि यस्तो गरेका छौं। टमाटर अत्यधिक नाश हुने भएकाले यो चुनौतीपूर्ण काम हुनेछ।”

दिल्ली-एनसीआरमा, केन्द्र सरकारले मोबाइल भ्यान, मदर डेयरीको सफाल र केन्द्रीय भण्डार आउटलेटहरू मार्फत सहुलियत दरमा टमाटर बिक्री गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *