मुम्बई पुलिसलाई धम्की- ‘सीमा हैदर पाकिस्तान नफर्किए २६/११ फेरि हुने’

डिसी नेपाल
३० असार २०८० १०:१०

काठमाडौं । मुम्बई प्रहरीको ट्राफिक कन्ट्रोल रुममा एक अज्ञात व्यक्तिले फोन गरेर २६/११ जस्तो आक्रमण गर्ने धम्की दिएका छन् ।

जुलाई १२ मा आएको उक्त कलमा उक्त व्यक्तिले भने, “यदि पाकिस्तानी नागरिक सीमा हैदर स्वदेश फर्किइनन् भने मुम्बईमा अर्को २६/११ आतंकवादी हमला हुनेछ।”

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रहरी अधिकारीले फोन गर्नेहरूले उर्दू भाषामा कुरा गरिरहेको बताए। यसका लागि उत्तर प्रदेश सरकार जिम्मेवार हुने फोनकर्ताले बताए ।

मुम्बई पुलिसले कलको अनुसन्धान गरिरहेको छ र क्राइम ब्रान्चको टोलीलाई पनि लगाइएको छ।

उक्त कल एउटा एप मार्फत गरिएको र प्रहरीले कल गर्नेको आईपी ठेगाना पत्ता लगाउने प्रयास गरिरहेको अधिकारीले बताए ।

पाकिस्तानी नागरिक सीमा हैदर भर्खरै ग्रेटर नोएडा निवासी सचिन मीणासँग विवाह गर्न अवैध रूपमा भारत प्रवेश गरेकी थिइन् । अनलाइन गेम पबजी खेल्ने क्रममा यी दुईको मित्रता भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *