मानिसका काटिएका औंलाहरू खाममा राखेर फ्रान्सका राष्ट्रपतिलाई पठाइयो

डिसी नेपाल
३० असार २०८० ११:०१

काठमाडौं । कसैले फर्स्ट क्लास पोस्ट मार्फत फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई काटेको औंला पठाएको छ। यो औँला जीवित व्यक्तिको भएको विश्वास गरिन्छ। तिनीहरुलाई सोमबार एउटा खाममा पेरिसको इलिसी प्यालेस (राष्ट्रपतिको घर) पठाइएको थियो ।

राष्ट्रपतिको सरकारी निवासको एक स्रोतले भन्यो, ‘सुरुमा ती औंलाहरू फ्रिजमा राखिएको थियो जहाँ पुलिसले खाजा राख्छन्। ताकि तिनीहरू बिग्रन नपाउन् र तिनीहरूको यथाशीघ्र छानबिन होस्।

मिरर युकेको रिपोर्टका अनुसार अनुसन्धान गर्दा ती औँलाहरू ‘जिउँदो व्यक्तिको’ भएको पाइएको थियो । यसका लागि मेडिकल रिपोर्ट तयार भइसकेको छ । पार्सलमा औँला मात्रै थिए र त्यससँग कुनै नोट वा चिठ्ठी भेटिएन ।

यसले अनुसन्धानकर्ताहरूलाई अन्योलमा पारेको छ। औँला जसको हो सो व्यक्तिलाई सम्पर्क गरिएको स्रोतले जनाएको छ । उनलाई पूर्ण चिकित्सा सहयोग पनि दिइएको छ । तर, मेडिकल गोप्यताका कारण उनको परिचय खुल्न सकेको छैन ।

कसैले काटेको व्यक्तिको औंला राष्ट्रपतिसमक्ष किन पठाए भन्ने पनि स्पष्ट छैन । यसअघि पनि नेताहरुलाई पार्सलबाट गोली पठाइएको थियो । तर काटिएको औंला पठाएको यो पहिलो पटक हो ।

यो पार्सल म्याक्रोनले धेरै समस्याको सामना गरिरहेको बेला पठाइएको हो। पछिल्लो समय देशमा हिंसाका घटनाहरु बढ्दै गएका छन् । प्रहरीको गोली लागेर १७ वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनकारी सडकमा उत्रिएका छन् । ठाउँठाउँमा आगजनी गरे, पसलमा लुटपाट गरेका छन् ।

जनतालाई अपील गर्दै म्याक्रोनले भने कि न्यायलाई आफ्नो काम गर्न दिनुहोस्। यति हुँदाहुँदै पनि जनता उनको एउटा कुरा सुन्न तयार भएनन् । यसैबीच, शुक्रबार पनि धेरै सावधानी अपनाइएको छ। फ्रान्सले जुलाई १४ मा बास्टिल डे अर्थात् आफ्नो राष्ट्रिय दिवस मनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *