अमेरिकाको अलास्का नजिक ७.४ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

डिसी नेपाल
३१ असार २०८० १६:०४

काठमाडौं । अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) ले यो जानकारी दिएको हो । युएसजीएसका अनुसार भूकम्पपछि अलास्काका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

युएसजीएसले भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको जनाएको छ ।

यूएसजीएसले भूकम्प पृथ्वीको ९.३ किलोमिटर गहिराइमा गएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *