भारतले चन्द्रमामा पठाएको चन्द्रयान-३ अहिले कस्तो अवस्थामा छ ?

डिसी नेपाल
१ साउन २०८० ११:५९

काठमाडौं । इसरोले आफ्नो आधिकारिक ट्विटर खातामा चन्द्रयान-३ को बारेमा नवीनतम जानकारी साझा गरेको छ।

इसरोका अनुसार चन्द्रयान सामान्य अवस्थामा छ। पहिलो अर्बिट राइजिङ कार्य पूरा भयो। अन्तरिक्षयान अहिले ४१७६२ किमी x १७३ किमी कक्षमा छ।

अर्बिट राइजिङ भन्नाले रकेटलाई एउटा कक्षाबाट अर्को कक्षमा सार्नु हो।

चन्द्रयान-३ अन्तरिक्ष यान सतीश धवन स्पेस सेन्टरबाट १४ जुलाईमा प्रक्षेपण गरिएको थियो। चन्द्रयान–३ अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गर्नेछ ।

यसको कुल बजेट करिब ६१५ करोड रुपैयाँ रहेको बताइएको छ । इसरोले यस मिशनका तीन महत्त्वपूर्ण लक्ष्यहरू दिएको छ : चन्द्रयान-३ को ल्यान्डर चन्द्रमाको सतहमा सुरक्षित र सफ्ट ल्याण्डिङ, चन्द्रमाको सतहमा आफ्नो रोभर पाइलट गर्दै, वैज्ञानिक परीक्षण।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *