पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राजीनामाको घोषणा गरे

डिसी नेपाल
१ साउन २०८० १४:५८

काठमाडौं । पाकिस्तानमा समय अगावै चुनाव हुन सक्छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अगस्ट १२ मा आफ्नो कार्यकाल सकिनुअघि नै कामचलाउ सरकारलाई सत्ता हस्तान्तरण गर्ने आइतबार घोषणा गरेका छन् ।

शाहबाज सरिफले भने, ‘हाम्रो सरकारको कार्यकाल अर्को महिना सकिँदैछ । तर समयअगावै कामचलाउ सरकारलाई सत्ता हस्तान्तरण गर्नेछौं।’

डन न्युजका अनुसार नेशनल एसेम्बली विघटन भएको तीन महिनापछि पाकिस्तानमा नोभेम्बरमा चुनाव हुनसक्छ। पाकिस्तानी कानून अनुसार नेशनल एसेम्बलीले आफ्नो कार्यकाल पूरा गरेमा ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य हुन्छ ।

तर, तोकिएको समयभन्दा अगाडि नै सभा विघटन भएमा निर्वाचन गराउन ९० दिनको समय दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *