ढोकाको घण्टी बजाएको रिसमा ३ जना किशोरको हत्या गर्ने भारतीय मूलका व्यक्तिलाई जन्मकैद

डिसी नेपाल
२ साउन २०८० १५:२३

काठमाडौं । भारतीय मूलका अनुराग चन्द्रालाई अमेरिकामा १६ वर्षका तीन जना बालकको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

सन् २०२० मा अनुरागको घरको घण्टी बजाएर यी तीन जना केटा भागेका थिए ।

घटना क्यालिफोर्नियाको हो । डोरबेल बजाएका कारण केटाहरूसँग रिसाएका अनुरागले आफ्नो कारले ठक्कर दिँदा यी तीन बालकको मृत्यु भएको थियो।

अप्रिलमा अनुरागलाई हत्याको आरोपमा दोषी ठहर गरिएको थियो ।

अनुसन्धानमा अनुरागले केटाहरु चढेको गाडीमा जानाजानी ठक्कर दिएको पनि पत्ता लागेको थियो, जसका कारण केटाहरुको मृत्यु भएको थियो । यो घटना १९ जनवरी २०२० को हो।

कारलाई ठक्कर दिएपछि अनुराग घटनास्थलबाट निस्केर आफ्नो घरमा आए र यसबारेमा खबरसमेत गरेनन् ।

अनुसन्धानमा यी केटाहरूले ढोकाको घण्टी बजाएर ठट्टा गरिरहेको पत्ता लागेको थियो । तीन जना मध्ये एकजना केटाले डोरबेल बजाए र आफ्नो कारमा गए।

त्यसपछि अनुराग पछाडीबाट आएर आफ्नो कार लिएर पछ्याए र केटाको कारलाई ठक्कर नदेउञ्जेल शान्त भएनन् ।

अनुराग विरुद्ध घरेलु हिंसाको मुद्दा पनि चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *