कंगनाकाे दाबी ‘चाँडै एक अभिनेत्रीको घरबार तोडिदै छ’
मुम्बइ। बलिउडकी क्वीन अर्थात् कंगना रनौत सामाजिक सञ्जालमा आउँदा केही न केही विस्फोट हुन्छ।
अब फेरि एकपटक उनले आफ्नो पोस्टबाट आतंक मच्चाएकी छिन्। कंगनाले कसैको नाम नलिइकन इन्स्टाग्राम स्टोरीमा पोष्ट गरेको कुरा पढेपछि मानिसको आँखा मात्रै रसाएनन्, कान पनि निकै खडा भएका छन्।
सबैभन्दा पहिले कंगनाले केही मिडिया हाउसमा आफ्नो बारेमा प्रकाशित समाचारको स्क्रिनसट शेयर गरिन्, जसको हेडिङमा साउथ स्टार विजय सेतुपतिको कंगनासँगको अर्को फिल्मको बारेमा अड्कलबाजी गरिएको थियो। योसँगै नेटिजन्सका नकारात्मक टिप्पणीहरू पनि थपिएका छन्।
यसमा कंगनाले लेखेकी छिन्– ‘जब म कुनै फिल्मको घोषणा गर्न लागेको हुन्छु, उनीहरु विरुद्ध मेलबाट नयाँ नयाँ हेडिङ बनाइन्छ।’ तर त्यसपछि उनले भनेका कुराले सबैको होश उडाएको थियो।
उनले इन्स्टा स्टोरीमा लेखेका छन्–‘अर्को समाचारमा एउटा नक्कली श्रीमान्–श्रीमती जो फरक–फरक फ्लोरमा बस्छन् र सँगै बसेको नाटक गर्छन्। उनीहरुले फिल्म घोषणाहरू बारेमा गलत समाचार फैलाइरहेका छन्, जुन पूरा भइरहेको छैन। यसका साथै उनीहरुले चर्चित कम्पनीको ब्राण्ड Myntr लाई आफ्नो भएको बताउँछन्। यसपछि पनि हालैको पारिवारिक यात्रामा श्रीमती र बच्चालाई कसरी किनारा गरियो। श्रीमानले मलाई भेट्न बिन्ती गर्दै थिए। यो नक्कली जोडीको पर्दाफाश गर्न आवश्यक छ ।’
उनले अगाडि भनेका छन्, ‘ यस्तो तव हुन्छ जव आफुले प्रेमका लागि नभएर फिल्म प्रमोशन, पैसा र कामका लागि मात्रै विवाह गर्छन्। माफिया ड्याडीको दबाबमा आएर तथा चलचित्र त्रयीको लोभमा बाबुको परीसँग विवाह गरे। तर, दु:खको कुरा अहिले उनको फिल्म बन्द भएको छ। यस्तो अवस्थामा अहिले उनी विवाहबाट मुक्त हुन चाहन्छन्। तर, अहिले उनलाई कसैले सोध्दैनन् भन्ने दुःख छ। यो भारत हो, एक पटक तिमीले बिहे गर्यौ, सकियो… अब सुधार गर। ।’
कंगनाले यो ठूलो कुरा भनेकी छिन् तर कसैको नाम भने लिएकी छैनन्। तर बुझेकाहरूले भने बलियो संकेतबाट बुझिसकेका छन्। अब के भनिएको छ त्यो सत्य हो, त्यसपछि पक्कै पनि आगामी दिनमा बलिउडको करिडोरबाट केही ठूला समाचार आउन सक्छन्। प्रतिक्षा गर्नुको बिकल्प रहेन।
Facebook Comment