सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

डिसी नेपाल
३ साउन २०८० १२:३८

काठमाडौं। काठमाडौं सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा राखिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ। सुन पसलको सटर अगाडि राखिएको बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भएको।

सुन पसलमा शंकास्पल बस्तु राखेर त्रास फैलाएको आरोपमा प्रहरीले रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ। उनलाई सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्था प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई गौशाला प्रहरीमा राखिएको छ।

आफूसँग पटक पटक फाोन नगरेर पाँच लाख रुपैयाँ नदिए बम राख्न धम्की आएको सुन पसल सञ्चालक मने विश्वकर्माले बताएका छन्।

सुन पसलमा संयोजक सफलको नाममा पर्चा टाँसिएको थियो। जसमा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस्। तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो। यहाँ आरडीएक्स बारुदको बम राखिएको छ। सावधान रहनुहोला।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *