काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

डिसी नेपाल
३ साउन २०८० १६:४५

काठमाडौं । काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ ।

काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो काभ्रे र भक्तपुरको सीमाना साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल खसेको बनेपा प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ । दुर्घटनापछि घाईतेहरुको प्रहरी र स्थानीयहरुले उद्दार गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *