लागूऔषधसहित वीरगञ्जबाट एक जना पक्राउ

डिसी नेपाल
३ साउन २०८० १८:२३

वीरगञ्ज । लागूऔषधसहित पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।

लागूऔषधसहित प्रहरीले चितवनको खैरनी नगरपालिका–२ पर्साटोल बस्ने २० वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै बसबाट विकलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

उनको साथबाट लागूऔषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरीले जनाएको छ। पक्राउ परेका विकलाई लागूऔषधसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *