विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

डिसी नेपाल
३ साउन २०८० २१:४८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । बुधबार साँझ सुन बरामद भएको हो ।

विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको ठूलो परिमाणको सुन बरामद भएको विभागले जानकारी दिएको छ । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

अहिले पनि अपरेशन जारी रहेकाले सुन ठ्याक्कै यति नै छ भनेर भन्न नसकिने विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । प्राप्त जानकारीअनुसार दुई जनालाई पक्राउ पनि गरिएको छ । भन्सार एजेन्ट र ट्याक्सी चालक पक्राउ परेका हुन् ।

घटनाका विषयमा विस्तृत विवरण भने आउन बाँकी छ । विमानस्थलबाट तस्करीको सुनमध्ये हालसम्मकै ठूलो परिमाण भएकाे बताइएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *