जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

डिसी नेपाल
४ साउन २०८० ११:४५

काठमाडौँ। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ गरेको छ।  कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *