महिला न्यायाधीशविरुद्ध टिप्पणी गरेकोमा इमरान खानले अदालतमा माफी मागे

डिसी नेपाल
४ साउन २०८० १२:१७

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले महिला न्यायाधीशविरुद्ध गरेको टिप्पणीका लागि बुधबार माफी मागेका छन् ।

पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानले टिप्पणी गर्दा आफूले सीमा नाघेको र अहिले माफी मागेको बताएका छन् ।

अप्रिल २०२३ मा सत्ताबाट हटाएको एक महिनापछि खानले आक्रोशित भाषणमा इस्लामावादका शीर्ष प्रहरी अधिकारी र न्यायाधीश जेबा चौधरीलाई उनीहरूलाई “नछाड्ने” र आफ्नो पार्टीका नेता शाहबाज गिल विरुद्ध “यातना” को लागि मुद्दा दायर गर्ने बताएका थिए।

जियो न्यूजका अनुसार खानले बुधबार जिल्ला तथा सत्र अदालतमा माफी मागेका छन् । यसअघि पनि उनले यस विषयमा न्यायाधीशसँग माफी मागेका छन् ।

अदालतमा उपस्थित इमरान खानले न्यायाधीशलाई भने, “म महिला न्यायाधीशको अदालतमा गएको थिएँ र यदि मेरो बयानले उहाँलाई चोट पुगेको छ भने, म माफी चाहन्छु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *