दुर्घटना हेर्न सडकमा जम्मा भएकाहरूलाई अर्को कार आएर ठक्कर दिँदा ९ जनाको मृत्यु

डिसी नेपाल
४ साउन २०८० १३:३५

काठमाडौं । गुजरातको अहमदाबादमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सार्खेज–गान्धीनगर राजमार्गमा उक्त दुर्घटना भएको हो ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले मध्यरातमा इस्कन पुलमा दुईवटा सवारीसाधन आपसमा ठोक्किएको बताएको छ । यो दुर्घटना हेर्न केही मानिसहरु भेला भएका थिए ।

दुर्घटनास्थलमा ती व्यक्तिहरू उपस्थित हुँदा १०० किलोमिटर प्रतिघण्टाको गतिमा आएको जगुआर कारले उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा १२ जना घाइते समेत भएका छन् ।

अहमदाबादकी डीसीपी ट्राफिक नीता देसाईले भनिन्- “हिजो राति जगुआर कारले उनीहरूलाई ठक्कर दिएपछि नौ जनाको मृत्यु भएको छ। जगुआरका चालकलाई हाल अस्पतालमा भर्ना गरिएको छ र चिकित्सकसँग परामर्श गरेपछि चालकलाई पक्राउ गरिने छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *