विमानस्थलबाट बरामद सुनसहितको ब्रेक शुको तौल १५५ किलो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुनसहितको ब्रेक शु जोख्दा १५५ केजी निस्किएको छ ।
बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखामा तौल लिइएको हो ।
तौल लिएपछि उक्त सुनलाई ढुकुटीमा राखिएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो ।
रेडी ट्रेडलिंक बुढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छन् ।
Facebook Comment