यस्ताे छ विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ घट्याे

डिसी नेपाल
५ साउन २०८० ७:२७

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८८ पैसा र बिक्री दर १३१ रूपैयाँ ४८ पैसा तथा युरोपियन युरो एकको खरिददर १४६ रूपैयाँ ६८ पैसा र बिक्री दर १४७ रूपैयाँ ३० पैसा कायम भएको छ।

हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसामा तथा युरो एकको खरिद दर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा रहेको थियो। जसअनुसार डलरको खरिद दर ० रूपैयाँ १८ पैसा र बिक्री दरमा १८ पैसाले डलरको भाउ घटेको छ।

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८९ ४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९।८७ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७ पैसा र बिक्रीदर १०० रुपैयाँ १५ पैसा रहेको छ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसामा कारोबार हुदाँ दक्षिण कोरीया वन १०० को खरिदमा १० रूपैयाँ ३ पैसा र बिक्रीदर १० रूपैयाँ ३५ पैसामा कारोबार हुनेछ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४८९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८।८१ रुपैयाँ तथा बिक्री दर २८।९४ रुपैयाँ कायम भएको छ। साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.८३ पैसा विक्रीदर ४२८।७९ पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *