कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आइतबार बाँडफाँट हुने
काठमाडौँ। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आउँदाे आइतबार बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार अझै केही काम बाँकी रहेकोले अर्को हप्ता अर्थात् साउन ७ गतेमात्र आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ।
यसमा मागभन्दा ११७.५४ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। गोलाप्रथाबाट बाँडफाँट गर्ने क्रममा १० हजार ११५ जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन्। बाँकी १० लाख ९८ हजार ११७ जनाको भने हात खाली हुनेछ। कम्पनीले असार २६ गतेदेखि १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला गरेको हो।
योमध्ये १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ। त्यस्तै, ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियो। बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले २०७९ कात्तिक २५ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० कात्तिक २४ गतेसम्म बाहल रहनेछ।
Facebook Comment