दोस्रो सातामा ‘बगान’

डिसी नेपाल
५ साउन २०८० १९:५१

काठमाडौं। आजदेखि नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।

देशभरका हलमा एकसयभन्दा बढि शो सङ्ख्या प्रदर्शन भइरहेको चलचित्रलाई पहिलो सातामा हेरेका दर्शक तथा विशिष्ट व्यक्तिमार्फत प्राप्त प्रतिक्रियाले दर्शक बढाउन मदत गरेको छ । चलचित्रका वितरक करण श्रेष्ठको अनुसार दोस्रो सातामा समेत यसको शो संख्या उस्तै छ ।

‘दर्शकसँगै विशिष्ट व्यक्तिले दिनुभाएको प्रतिक्रियाले दर्शकको भिड बढ्नेमा विश्वत छु । पहिलो साताको तुलनामा यसले दोस्रो साता राम्रो व्यापार गर्ने छ’, वितरक श्रेष्ठले भने,’हलमा परिवार नै दर्शक बनेर आइरहनु भएको छ । यो सुखद संकेत हो ।’

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *