एनआरएनए कतारको अध्यक्षमा गुरुङको उम्मेदवारी

डिसी नेपाल
५ साउन २०८० २३:०९

दोहा (कतार) । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारको नेतृत्वमा उत्तम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

गुरुङले आगामी कार्यकाल २०२३ देखि २०२५ सम्मका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

झण्डै दुई दशकदेखि कतारमा बसोबास गर्दै आएका गुरुङले कतारका विभिन्न उद्योगमा रहेर काम गर्दै आएका श्रमिकको हितमा रहेर काम गर्ने बताएका छन् । कतारमा श्रमिकका गुनासा सुन्न र दुतावाससँग सहजिकरण गर्न हटलाईन ल्याउने उनको योजना छ ।

उनले आफ्नो चुनावी एजेण्डामा लेखेका छन्, “कतारमा काम गर्ने श्रमिकको पारिश्रमिक र इन्सुरेन्सको सुनिश्चितताका लागि पहलकदमी चाल्नेछु।”

हरेक ३ महिनामा एनसीसी कतारको आयव्यय संस्थाको अफिसियल वेबसाईट र फेसबुकमार्फत सार्वजनिक गर्नुका साथै गैर आवासीय नेपाली संघ (एनआरएनए)मा आर्थिक पारदर्शिता र संस्था सुद्धिकरणका लागि विशेष पहल गर्ने उनको योजना रहेको छ ।

यसअघि नै अध्यक्ष पदका लागि रमेश भट्ट, पदम गिरी, जैवी राई चाम्लिङ र अब्दुल रहमानले उम्मेदवारी घोषण गरिसकेका छन् ।

एनआरएनए कतारको दशौँ राष्ट्रिय महाधिवेशन ३० जुलाईमा हुने भनिएको छ तर कार्यसमिति चयनका लागि जुलाई २१ तारिख हुने भनिएको निर्वाचन अझै हुन सकेको छैन ।

निर्वाचन समितिले चुनावको टुंगो लगाउन ढिलाई गरेपछि अब यो निर्वाचन २७ र २८ तारिख हुने भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *