चीनका विदेशमन्त्री १ महिनादेखि गायब, टिभी एंकरसँग सम्बन्धका कारण हटाइएको अनुमान

डिसी नेपाल
६ साउन २०८० १४:०७

काठमाडौं । चीनका विदेशमन्त्री किन गाङलाई पदबाट हटाएको खबर बाहिर आएको छ । पश्चिमी सञ्चारमाध्यमले गेङको एक चर्चित चिनियाँ टिभी एंकरसँग अफेयर रहेको दाबी गर्दै आएका छन्, जसका कारण उनलाई विदेशमन्त्रीको पदबाट हटाइएको छ ।

जुन २५ मा गाङले श्रीलंकाका विदेशमन्त्रीसँग भेट गरे। त्यसयता उनी सार्वजनिक मञ्चमा देखा परेका छैनन् । ५७ वर्षीय गाङका बारेमा चिनियाँ सञ्चारमाध्यमले उनी बिरामी भएको बताएका छन् । तर, पश्चिमी सञ्चारमाध्यमले भने अर्कै कथा बताउँदै आएका छन् ।

बेलायती अखबार ‘द टाइम्स’ले स्रोतलाई उद्धृत गर्दै गाङलाई पदबाट हटाइएको र उनको खराब स्वास्थ्यलाई यसको कारण दिएको उल्लेख गरेको छ ।

रिपोर्टका अनुसार आक्रामक कूटनीतिका लागि परिचित ५७ वर्षीय गाङको चीनका ४० वर्षीय टिभी प्रस्तोता फु जियोतियानसँग अफेयर रहेको छ । यही मामिलाका कारण कम्युनिष्ट पार्टीले आफ्नो बदनाम भएको महसुस गरेको छ ।

रिपोर्टमा थप भनिएको छ कि गाङको अफेयरको पुष्टि भएपछि उनलाई पहिले किनारा गरियो र पछि हटाइयो। यही कारण उनी सार्वजनिक मञ्चमा देखिँदैनन् । उनले डिसेम्बरमा पदभार ग्रहण गरेका थिए ।

जियोतियानले केही महिना अघि गाङसँग अन्तर्वार्ता लिएकी थिइन्। यसपछि पनि उनी धेरै पटक गाङसँग देखिएकी छिन् । स्थानीय सामाजिक सञ्जालमा गाङको अफेयरको खबर आएपछि उनलाई राजीनामा दिन भनियो ।

परराष्ट्र मन्त्रालयले यसको पुष्टि गर्न अस्वीकार गरे पनि गत साता मात्रै परराष्ट्रमन्त्रीको स्वास्थ्य राम्रो नभएको बताएको थियो । उनी गत साता जकार्तामा भएको महत्वपूर्ण बैठकमा समेत सहभागी भएनन् ।

गाङको अनुपस्थितिमा उनीभन्दा पहिलेका विदेशमन्त्री वाङ यीले विदेशमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। यद्यपि यसअघि उनी बाहिरिएका थिए । उनलाई विशेष नियुक्ति दिइएको थियो, तर यसका बाबजुद पनि उनी कुनै पनि महत्वपूर्ण बैठकमा उपस्थित भएनन् ।

वाङ यीलाई राष्ट्रपति जिनपिङको विदेश मामिला सल्लाहकार बनाइएको छ। अब गाङ नहुँदा परराष्ट्रमन्त्रीको जिम्मेवारी आफैंले सम्हाल्नु परेको छ । हालै वाङले अमेरिकी विदेशमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए ।

विशेष कुरा के छ भने गाङसँगै जियोतियान पनि टिभी स्क्रिनबाट मात्र गायब भएकी छिन्, उनी पनि २५ जुनपछि देखिइनन् । यी टिभी एंकरले क्याम्ब्रिजबाट स्नातकोत्तर गरेकी छिन् र चीनको सबैभन्दा महँगो टिभी एंकर मानिन्छिन् ।

बेलायती वेबसाइट र पत्रिका ‘डेली मेल’ को रिपोर्ट अनुसार गाङ र जियोतियानको अफेयर मार्च २०२२ मा सुरु भएको थियो। त्यतिबेला गाङलाई वाशिंगटनमा पोस्ट गरिएको थियो र जियोतियानले त्यहाँ उनको अन्तर्वार्ता लिइन्। यसपछि पनि दुवै पटक पटक सँगै देखिएका छन् ।

केही चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भन्छन् कि जब जियोतियानले कुनै राजनीतिज्ञको अन्तर्वार्ता लिन्छिन्, उनको शैली चाखलाग्दो मात्र नभई फ्लर्टी पनि हुन्छ।

हालै जियोतियानले विमानबाट छोरासँगको तस्बिर पोस्ट गरेकी थिइन् । मानिसहरुले यसलाई गाङसँग जोडेको पनि देखिएको छ । चीनमा प्रायः यस्ता मामिलाहरू बाहिर आउँदैनन् र आए भने राजनीतिज्ञले आफ्नो पद त्याग्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *