ललिता निवास प्रकरणमा नापी कार्यालयका पूर्वकर्मचारी पक्राउ

डिसी नेपाल
७ साउन २०८० १३:४१

काठमाडौं। ललिता निवास प्रकरणमा जोडिएका नापी कार्यालयका पूर्वकर्मचारी अमिन अरुणकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यका अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो ।

यो सँगै ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *