जुत्तामा लुकाएर लैजान लागिएको १९ करोडभन्दा बढी विदेशी मुद्रा विमानस्थलमा जफत

डिसी नेपाल
७ साउन २०८० १३:४१

काठमाडौं । भन्सार विभागले शुक्रबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १९ करोडभन्दा बढीको विदेशी मुद्रा बरामद गरेको छ ।

विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए। खोजीका क्रममा उनीहरूको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।

उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ ।

नेपाली मुद्रामा यी विदेशी मुद्राको मूल्य करिब १९ करोड रुपैयाँ पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *