मान्छेले कुकुरलाई दर्जनौं पटक टोके ! घाइते कुकुर अस्पताल भर्ना

डिसी नेपाल
७ साउन २०८० १४:३८

काठमाडौं । अहिलेसम्म कुकुरले मानिसलाई टोकेको घटना सुन्नु भएको होला । तर के तपाईंले कहिल्यै सुन्नुभएको छ कि मानिसले कुकुरलाई टोक्यो ? आज हामी तपाईलाई यस्तै एउटा घटनाको बारेमा बताउन गइरहेका छौँ जहाँ एक व्यक्ति रक्सीले मातेर प्रहरीको कुकुरलाई दाँतले टोके । यो घटना आफ्नो अगाडि देखेर प्रहरी पनि स्तब्ध भए ।

न्युयोर्क पोस्टको रिपोर्ट अनुसार यो मामिला अमेरिकाको डेलावेयरको हो । जहाँ प्रहरी टोलीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै मादक पदार्थ सेवन गरेका एकजनालाई समातेको थियो । यस क्रममा उक्त व्यक्तिको कार्य देखेर प्रहरी पनि छक्क परे । वास्तवमा यी व्यक्तिले प्रहरीको कुकुरलाई नै टोकेका छन्, त्यो पनि एक–दुई पटक होइन दर्जनौं पटक ।

जुलाइ ८ मा भएको घटनाका आरोपी ४७ वर्षीय जमाल विंग रहेको बताइएको छ । उनलाई पक्रेपछि प्रहरीले कारमा बस्न भनेको थियो । तर उनी मान्न तयार भएनन् । यसैबीच प्रहरीले आफ्नो स्निफर कुकुर के नाइनलाई अगाडि बढाएपछि जमालले कुकुरलाई नै आक्रमण गरे।

जमालले प्रहरीको कुकुर के नाइनलाई धेरै चोटि दाँतले टोकेपछि कुकुर घाइते भएको थियो। तर, पछि प्रहरी अधिकारीहरूले जमाललाई नियन्त्रणमा लिएका थिए । उनलाई मेडिकलका लागि अस्पताल लगिएको थियो । प्रहरीसँगको झडपमा जमाललाई धेरै चोट लागेको छ । के नाइनलाई पनि उपचारको लागि पशु अस्पताल लगिएको थियो।

प्रहरी अधिकारीहरुका अनुसार राति अबेरसम्म पक्राउबाट बच्न खोज्दा मादक पदार्थ सेवन गरेका जमालले प्रहरीको कुकुरलाई पटकपटक टोके । हाल जमालमाथि ड्युटीमा रहेका प्रहरी र उनीहरुको कुकुरमाथि आक्रमण गरेको र तीव्र गतिमा सवारी चलाएको आरोपमा मुद्दा चलाइएको छ । जबरजस्ती गिरफ्तारीको बिरोध गर्ने, आपराधिक दुर्व्यवहार गर्ने, नराम्रो आचरण गरेको, आवश्यक लाइसेन्स नभएको आरोप समेत जमालमाथि लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *