नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री महत
काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिलेको बजेटले दीर्घकालीन रुपमा राम्रो नतिजा ल्याउने दावी गरेका छन्।
नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने भन्दै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने दावी गरे।
उनले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्र लगायत बजार चलायमान हुने जिकिर गरे।
उनले सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेकाले सुन प्रकरण लगायतका भष्ट्रचारका मुद्दाहरुलाई जरैदेखी पुगेर अनुसन्धान गरिरहेको दाबी गरे।
उनले सूचना प्राप्त भएका कारण नै अवैध सुनलाई नियन्त्रणमा लिएको र आगामी दिनमा भन्सारमा देखिने कमजोरी हटाउन प्रविधिको विस्तारमा ध्यान दिइने जिकिर गरे।
कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. महतले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरेर नयाँ प्रयोग गरेको बताए। उनले प्रत्यक्ष प्रसारणले कांग्रेसको यथार्थता जनताले बुझेको बताए।
Facebook Comment