दुबईबाट काठमाडौं आएका यात्रुको ल्यापटप विमानमै छुट्यो, सम्पर्कमा आउन आग्रह
काठमाडौं। दुबईबाट नेपाल एयरलायन्सको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ।
७ जुलाईमा दुबईबाट काठमाडौं आएका यात्रुले नेपाल एयरलायन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन्।
यात्रुले ल्यापटप छुटेको लामो समयसम्म पनि सम्पर्क नगरेपछि एयरलायन्सले नै सामाजिक सञ्जालमार्फत ल्यापटप धनिलाई पमाणपत्रसहित सम्पर्कमा आउन आग्रह गरेको छ।
सोमबार एयरलायन्सले आफ्नो फेसबुक पेजमार्फत ७ जुलाईमा यात्रुको ल्यापटप फेला परेको जानकारी दिएको छ।
७ जुलाईमा नेपाल एयरलायन्सको उडान नम्बर आरए २३० बाट काठमाडौं आएका यात्रुको ल्यापटप छुटेको हो।
प्रतिक्रिया
Facebook Comment