दुई दिनमा म्यानमारका ७१८ नागरिक मणिपुर प्रवेश, मणिपुर सरकारले माग्यो असम राइफल्ससँग जवाफ

डिसी नेपाल
९ साउन २०८० १३:२०

काठमाडौं । मणिपुर सरकारले सोमबार असम राइफल्ससँग म्यानमारका ७१८ नागरिक मणिपुरमा दुई दिन भित्र आएको बारे रिपोर्ट मागेको छ।

मणिपुर सरकारले जुलाई २२ र २३ मा कम्तिमा ७१८ जना म्यानमारका नागरिकलाई आवश्यक कागजातबिना भारत प्रवेश गर्ने अनुमति दिएको बताएको छ ।

असम राइफल्सलाई सोधिएको थियो कि मणिपुरमा दुई महिनादेखि हिंसा भैरहेको अवस्थामा तपाईको सतर्कताका बावजुद दुई दिनमा म्यानमारका यति धेरै नागरिक भारत कसरी पुगे ?

एनडीटीभीको रिपोर्टका अनुसार राज्य सरकारले म्यानमारबाट भारत आएका नागरिकले हतियार ल्याएको हो वा होइन भन्ने पत्ता लगाउने कुनै उपाय नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

असम राइफल्सले म्यानमारका ७१८ नागरिक मणिपुर प्रवेश गरेको जानकारी दिएको थियो । म्यानमारबाट आउनेमा २०९ पुरुष, २०८ महिला र ३०१ बालबालिका रहेका छन् ।

मणिपुर सरकारले म्यानमारबाट आएका मानिसहरूको फोटो र बायोमेट्रिक जानकारी सङ्कलन गर्न भनेको छ।

मणिपुरमा साढे दुई महिनादेखि हिंसा जारी छ । विगतमा पनि हिंसात्मक घटनाको खबर आएको थियो । यो संघर्षमा अहिलेसम्म १५० भन्दा बढीको ज्यान गइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *